Logo

भुवन केसीविरुद्ध दीपकराजको आक्रोश ‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा’



काठमाडौं,२९ चैत । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र  विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध कडा आक्रोश पोखेका छन् ।

चलचित्र विकास वोर्डले हिजो सार्वजनिक गरेको यसवर्ष प्रदर्शनमा आएका चलचित्रको आम्दानी सार्वजनिक गरेपछि असन्तुष्ट बनेका गिरीले आज सामाजिक सञ्जालमा स्टाट्स लेख्दै आपत्ति जनाएका हुन ।

“चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा…….,” उनले फेसबुकमा आफ्ना धारणा राख्दै लेखेका छन् ।

बोर्डका हिजो सार्वजनिक गरेको बिवरणमा यो वर्ष सबैभन्दा बढि कमाईगर्ने चलचित्र ‘कबड्डी ४’ रहेको छ भने दोस्रो स्थानमा भारतीय चलचित्र ‘केजीएफ २’ रहेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको चलचित्र ‘छक्कापञ्जा ४’ तेस्रो स्थानमा रहेपछि गिरीले आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot