Logo

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय



काठमाडौं,२९ चैत । आगामी वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ।

वाणिज्य बैंक हरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधवार बसेको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय गरेको हो ।

अब वैशाखबाट मुद्दती निक्षेपको ब्याजदर ९.९ प्रतिशत हुनेछ । अहिले बैंकहरुले यसमा ११ प्रतिशत ब्याजदर रहेको छ । यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९ प्रतिशत हुनेछ ।

यस्तै, साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर कायम गर्ने  सहमति गरेका बैङ्कहरूले कुल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर निर्धारण गर्ने निर्णय भएको संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्