Logo

एमालेले संविधान मान्दैन भन्नेलाई पोखरेलको जवाफ :‘संविधान कुनै लकिरका फकिर होइन’



काठमाडौं,२९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कमजोर बनाउन खोज्नेहरुले एमालेले  संविधान मान्दैन भन्ने भ्रम सिर्जना गराएको बताएका छन् ।

आज(वुधवार)पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संविधान मान्दिन भनेर उद्धघोष गर्ने दलहरुसँग मिल्नेले एमालेलाई संविधान मिच्यो भन्न नमिल्ने बताए ।

‘संविधान कुनै लकिरका फकिर होइन, त्यो बदल्न नमिल्ने चिज पनि होइन । सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भएको छ । अहिले पनि नेताहरु त्यही व्याख्या गरिरहेका छन् । नेकपा एमालेले संविधान मानेन भन्ने अर्थमा व्याख्या गरिरहनुभएको छ । संविधान नमान्ने थुप्रै पार्टीहरुसँग त उहाँहरु सहकार्य गरिरहनुभएको छ’ उनले भने, ‘यस्तो मान्यता स्थापना गर्ने कोशिस गरियो कि नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ति हो भन्ने अर्थमा व्याख्या गर्ने कोशिस भयो । क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भने मान्ने हो,सैह्य हुँदैन भने बदल्ने हो ।’

च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका ललितपुर जिल्ला कमिटी सचिव सुर्दश्रन मिश्रसहित ३९ जना नेता कार्यकर्ता एमालेमा फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्