Logo

संसद्मा प्रदीप यादवको प्रश्न– ‘कारागार सुधार गृह हो कि यातना गृह ?’



काठमाडौं, २९ चैत्र । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले पर्सा जिल्लाको विरगञ्ज कारागारमा क्षमता भन्दा बढि कैदी बन्दी राखिएको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले कारागार सुधार गृह भन्दा पनि यातना गृह बनेको बताएका हुन् ।

‘पर्सा जिल्लाको जिल्ला कारागार जीर्ण बनेको छ । कारागार अहिले यातना गृह बनेको छ । कारागार सुधार्ने ठाउँ हो कि यातना दिने ठाउँ हो । विरगञ्ज कारागारमा क्षमता भन्दा बढि कैदी बन्दी रहेका छन् । यसरी क्षमता भन्दा बढि कोचाकोच गरेर कैदी बन्दी राख्नु अपराध हो कि होइन ?’– उनले प्रश्न गरे ।

साथै, विगञ्ज कारागारमा क्षमता भन्दा बढि कैदी भएका कारण उनीहरु अत्यावश्यक कुराहरुबाट बञ्चित बनिरहेको उनले बताए । कारागारको सुरक्षामा रहेको प्रहरीहरुको पोष्ट पनि एकदमै जीर्ण रहेको उनले बताए । सम्भावित जोखिमबाट बच्नका लागि सरकारले छिट्टै कदम चाल्न आवश्यक रहेको उनले बताए । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot