Logo

समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न रास्वपा सांसद कार्कीको माग



काठमाडौं,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले ललितपुरमा रहेको समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न  माग गरेकी छन् ।

आज(वुधवार)बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पूर्व राज्यमन्त्री समेत रहेकी कार्कीले भनिन्
‘केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी छ ।‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षति भएका छन् ।

भासिने चक्रिनेक्रम जारी छ।’ सांसद कार्कीले भनेकी छन् । विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको छर, वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

‘म आग्रह गर्न चाहन्छु यसरी नै देशव्‍यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् ।’ यसका लागि संसदीय छानबिन समिति गठन गरियोस्  ।



प्रतिक्रिया दिनुहोस्

Screenshot