Logo

केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन ढाकाकुमार पुगे पार्टी कार्यालय



काठमाडौं,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का निलम्वित सांसद डा। ढाकाकुमार श्रेष्ठ पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका छन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन अहिले रास्वपाको बैठक बस्न लागेको हो ।

रास्वपा समापति रवि लामिछाने भने अहिलेसम्म आइपुगेका छैनन् । अन्य नेताहरु आउने क्रम जारी छ । सभापति लामिछाने कार्यक्रममा गएकाले केही समयमा आइपुग्ने बताइएको छ। लामिछाने आइपुगेपछि बैठक सुरु हुनेछ ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति लामिछानेलाई बुझाएको थियो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । त्यसबारे आजको बैठकले निर्णय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot