Logo

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्वित सांसद डा. ढाकाकुमार श्रेष्ठको बारेमा निर्णय गर्न केन्द्रीय कमिटी  बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सुरु भएको हो ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन अहिले रास्वपाको बैठक बस्न लागेको हो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति लामिछानेलाई बुझाएको थियो ।
समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । त्यसबारे आजको बैठकले निर्णय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot