Logo

भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा इच्छा राखेकोले घनिभूत छलफल हुन जरुरी : सांसद्‍ शर्मा



काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका सांसद्‍ डा. सुनील शर्माले भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा इच्छा राखेकोले सो बारे घनिभूत छलफल हुन जरुरी रहेको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा इच्छा राखेकोले सो बारे घनिभूत छलफल हुन जरुरी रहेको बताएका हुन्।

उनले भने, ‘हालसालै म भारतका विभिन्न शहरमा जाने अवसर प्राप्त भएको थियो। त्यहाँ गएर मैले केही उद्यमी, विशिष्ट व्यक्तिहरुसँग पनि भेट्ने अवसर प्राप्त गरेँ। उहाँहरुसँग भेटिरहँदा आफ्नो जिज्ञासा राखेँ। निकट भविष्यमा हाम्रो प्रधानमन्त्रीले भारतको भ्रमण गर्दै हुनुहुन्छ? तपाईंहरु र हाम्राबीचमा विशेषत जलस्रोतको क्षेत्रमा के गर्न सकिन्छ र समस्याहरु के हुन् भन्दा तपाईंहरुको जलस्रोतको ठूलो मार्केट एउटा भारत हो र अर्को बंगलादेश हो। उत्पादन तपाईंहरुले विश्वका अरु कम्पनीहरुलाई दिने अनि उत्पादन पश्चात हामीले किनिदिनुपर्ने? यो अलि वैज्ञानिक भएन।’

यस्तै, उनले भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा आफ्नो इच्छा राखेको पाइएकोले यसमा घनिभूतरुपमा छलफल हुन जरुरी रहेको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot