Logo

रविको पत्रकार सम्मेलन सुरु [LIVE]



काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पत्रकार सम्मेलन सुरु भएको छ।

रास्वपाको पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरु भएको हो।

रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि छलफल गर्न अहिले पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको थियो।

सो बैठकका निर्णयको बारेमा जानकारी दिन रास्वपाका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot