Logo

माधव नेपाल होसमा हुनुहुन्छ कि? हुनुहुन्न भन्दै एमाले नेता योगेशको प्रश्न



काठमाडौं, २९ चैत्र । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई होसमा हुनुहुन्छ कि हुनुहुन्न भन्दै प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई होसमा हुनुहुन्छ कि हुनुहुन्न भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको खबरदार छ, सबै सचेत हौं भन्नुभएछ। मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न। मध्यपान, धूमपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई तर, आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ। उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन। जुन पार्टी प्रतिपक्षमा छ। त्यो पार्टीले कसरी संसद विघटन गर्छ? उहाँले के भन्दै हिँड्नुभएको छ? सपना देख्नुभएको छ कि? विपनामा हुनुहुन्छ कि? होसमा हुनुहुन्छ कि? हुनुहुन्न कि? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवी राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एकडेढ वर्षमा उहाँ धेरै बदलिनुभएछ।’



प्रतिक्रिया दिनुहोस्