काठमाडौं,३० चैत । नेपाल उद्योग वाणिजय महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः दोस्रो चरणमा मतदान हुने भएको छ । भर्खरै सकिएको मतगणनमा कुनैपनि उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत प्राप्त गर्न नसकेपछि फेरी मतदान हुने भएको हो ।
पहिलो चरणको मतदानमा अन्जन श्रेष्ठले ३७.९९, उमेशलाल श्रेष्ठ ३१.९९ र रामचन्द्र संघाईले ३०.४६ मत पाए । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्न नसकेपछि पुन: मतदान हुन लागेको हो ।
महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । त्यसमध्ये जिल्लातर्फ अन्जनले बढी मत ल्याए । एसोसिएटतर्फ रामचन्द्रले बढी मत ल्याएका थिए । वस्तुगततर्फ उमेशलालले बढी मत ल्याए । मतभारका हिसाबले संघई बाहिरिएका हुन ।
अब हुने चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नेमध्येका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।