Logo

तनहुँ– १ लाई नमूना निर्वाचन क्षेत्र बनाउँछु– स्वर्णिम वाग्ले (भिडियोसहित)



काठमाडौं, ३० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले तनहुँ–१ लाई नमूना निर्वाचन क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।
तनहुँ–१ को चुनावी सभालाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र रोजगारी लगायतका क्षेत्रमा विकास गरेर तनहुँ–१ लाई देशका सबै निर्वाचन क्षेत्रभन्दा नमूना बनाउने बताएका हुन् ।

‘तनहुँ– १ को विकासका लागि, शिक्षा, स्वास्थ्य, खानेपानीका कुराहरु,बाटोघाटो र रोजगारीका कुराहरुमा एकीकृत विकासको खाकालाई लिएर तनहुँमा हामीले गरेको काम अरु क्षेत्रमा पनि नमूनाका रुपमा अनुकारणीय रुपमा अगाडि बढ्छौं । १६५ वटै निर्वाचन क्षेत्रमध्ये तनहुँ–१ लाई नमूनाको रुपमा अगाडि बढाउँछौं,’– उनले भने ।

तनहुँले जिताएर पठाएको सांसदले तनहुँ लगायत देशकै विकासका लागि काम गर्ने उनले बताए ।

https://fb.watch/jTodzaWnQm/



प्रतिक्रिया दिनुहोस्