Logo

बालेन झनै आक्रमक, सरकारलाई भने–‘सिंहदरबार अरु पालिकामा सार्नुस्’



काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंका हितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौंको हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्न पनि उनले सरकारलाई चेतावनी दिएका छन् ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौं बासीलाई सिंहदरबार र राजधानी सार्दा कुनै आपत्ति नहुनेसमेत उनले उल्लेख गरेका छन् । आफूहरुका लागि राजनीति भन्दा पनि सम्पदा, संकृती , कला, सभ्यता महत्वपूर्ण भएको उनले बताएका छन् ।

‘हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन,’– उनले लेखेका छन् ।

केही समयदेखि बाघदरबार र सिंहदरबारबीच दूरी बढेको छ । काठमाडौं महानगरले सिंहदरबारदेखि महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर नउठाउने निर्णय गरेका छन् । उनको निर्णयलाई लिएर प्रतिनिधि सभामासमेत वहस भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot