Logo

जसपा प्रचार विभाग प्रमुख बस्नेत भन्छन्– ‘रास्वपाले अनावश्यक ‘स्टन्ट’ गरेर जनता झुक्याउँछ’



काठमाडौं, ३० चैत्र । जनता समाजवादी पार्टी (जसपा) का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले ढाकाकुमार श्रेष्ठको ठाउँमा मेघ आले सांसद बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घुस मागेको अडियो प्रकरणमा साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । श्रेष्ठको कारबाही पछि दोस्रो नम्बरमा नाम रहेका आलेलाई सांसद बनाउन पर्ने उनको भनाई छ । रास्वपाले विन्दवासिनी कंसकारलाई सांसद बनाउने निर्णय गरेको थियो । रास्वपाको उक्त निर्णय केवल स्टन्ट गरेर जनता झुक्याउने काममात्रै भएको बस्नेतको आरोप छ ।

‘ढाकाकुमार श्रेष्ठलाई पार्टीले साधारण सदस्यबाट हटाएपछि बन्द सूचिमा श्रेष्ठ पछिको नम्बरमा रहेका मेघ आले सांसद बन्छन् । रास्वपाले अनावश्यक स्टन्ट गरेरै जनता झुक्याउँछ,’– उनले भनेका छन् । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्