Logo

कांग्रेससँग कुरा नमिलेपछि तनहुँ-१ मा जोशी समूहको समर्थन स्वर्णिमलाई



काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसले आफूलाई झुक्याउन र अल्मल्याउन खोजेको भन्दै पहिलो चरणको वार्ता असफल भएको घोषणा गरेका छन् । उनले हिजो एक भिडियो सन्देश सार्वजनिक गर्दै कांग्रेसका प्रतिनिधिहरुसँगको वार्ता झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको बताएका थिए ।

लामो समयदेखि पार्टीका कारबाही भोगिरहेका जोशीलाई पार्टीले कारबाही फुकुवा गरेको थियो । आत्मालोचना गरेर उपनिर्वाचनमा पार्टीलाई सहयोग गरेको खण्डमा सबैखाले कारबाही फुकुवा गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय थियो । केन्द्रीय समितिको निर्णय पछि छलफल र परामर्शमा जुटेका जोशी र कांग्रेसका प्रतिनिधिबीच वार्ता असफल भएको हो ।

कांग्रेससँगको वार्ता असफल भएसँग जोशी समु्हले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सहयोग गर्ने भएका छन् । उपनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि वाग्ले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए । पूर्व कांग्रेसी उम्मेदवार भएको कारण र कांग्रेससँग वार्ता असफल भएपछि जोशी समूहले उनलाई समर्थन गर्ने भएको हो ।

‘एक्काइसौं शताव्दीको चुनौतिलाई सामना गर्नसक्ने र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने लोकतन्त्रवादीलाई जिताएर पठाउनु होला’ भनेर उनले रास्वपाका उम्मेदवार वाग्लेलाई घुमाउरो रुपमा समर्थन गरेका छन् ।

जोशीले आफूलाई निश्वार्थ सहयोग गर्ने वचन दिएको वाग्लेको दाबी छ । ‘गोविन्दराज जोशीले मलाई भन्नु भएको छ– तपाईलाई म निश्वार्थ सहयोग गर्छु,’– वाग्लेले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot