Logo

राप्रपा मकवानपुरका उपाध्यक्ष र सचिवद्धारा पार्टी परित्यागको घोषणा



काठमाडौं,३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष र सचिवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

राप्रपा जिल्ला कमिटी उपाध्यक्ष शंकरसिंह ठकुरी र सचिव विजयसिंह ठकुरीले पार्टी छाडेको घोषणा गरेका हुन् ।

राप्रपामा अवसरवाद हाबी भएको ,पार्टीमा चरम अवसरवाद मौलाएको,भन्दै पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी परित्यागबारे सामाजिक सञ्जाल मार्फत स्टाटस पोष्ट गर्दै सचिव विजयसिंहले ‘के पाए, के गुमाए, समयले देखाउला’ भन्दै अब स्वतन्त्र देशभक्त नागरिकको हैसियतले रहने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्