Logo

धनगढी : एक व्यक्तिको पेटमा भेटियो ‘८८४८’को बोतल



काठमाडौं, ३० चैत्र । कैलालीको धनगढीस्थित एक व्यक्तिको पेटमा रक्सीको बोतल भेटिएको छ।

धनगढी उपमहानगरपालिका-१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको हो।

पेट दुख्यो भनेर अस्पताल आएका मगरको पेटको भिडिओ एक्स-रे गर्दा उनको पेटमा ८८४८ को क्वार्टरको बोतल देखिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्