Logo

सरकारसँग वार्ता भङ्ग भएको मिटरब्याजी पीडित समूहको घोषणा



काठमाडौं, ३० चैत्र । मिटरब्याजी पीडित समूहले सरकारसँग भएको वार्ता भङ्ग भएको घोषणा गरेको छ।

पीडित समूहले सरकारी वार्ता टोलीसँग जति पटक वार्तागरेपनि सहमति जुट्न नसक्दा हुँदा वार्ता भङ्ग भएको घोषणा गरेको हो।

पछिल्लो पाँच दिनमा पाँच पटकसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठलगातयको टोलीसँग वार्ता गर्दापनि कुनै सहमति हुन नसकेपछि सो समूहले वार्ता भङ्ग भएको र आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

मिटरब्याजी समूहले माग गरेका ६ बुँदाहरु सरकारले मान्नुपर्ने माग राख्दै आइरहेका छन्।

गृहमन्त्रालयको वार्ता टोली र मिटरब्याजी समूहबीच पछिल्ला दिनहरुमा सहमतीका लागि छलफल हुँदै आइरहेको थियो।



प्रतिक्रिया दिनुहोस्