Logo

मेनपावरहरुमा छापा मार्ने तयारीमा सरकार



काठमाडौं, ३० चैत्र । वैदेशिक रोजगार विभागले अनुगमनलाई नियमित र व्यवस्थित बनाउनका लागि निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । मेनपावरबाट हुने ठगीलाई नियन्त्रण गर्नका लागि विभागले निर्देशकको संयोजकत्वमा तीनवटा समिति गठन गरेको हो ।
उक्त समितिले मेनवापर कम्पनी तथा अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने छ । विभागले जुनसुकै बेलापनि अनुगम गर्नसक्ने बताइएको छ । मेनपावरहरुमा ठगीका घटनाहरु बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि विभागले समिति गठन गरेको हो । File Photo/Reporters Nepal

 



प्रतिक्रिया दिनुहोस्