Logo

सिंहदरबारको फोहोरप्रति सरकारको टिप्पणी, ‘जनताबाट चुनिएका मान्छेले कानून मान्दैन भने हुन्छ के?’



काठमाडौं, ३० चैत्र । सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनको निर्णयप्रति सरकारले टिप्पणी गरेको छ।

सिंहदरबारको फोहोर विगत चार दिनदेखि काठमाडौं महानगरले नउठाएको भन्दै सरकारले फोहोर उठाउने जिम्मेवारी कानून अनुसार स्थानीय तहको भएको भन्दै सिंहदरबारको फोहोरपनि काठमाडौं महानगरपालिकाले नै उठाउनुपर्ने बताएको छ।

मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्,‘स्थानीय तह पनि सरकार हो। त्यसले संविधान, नीति, कानुन बुझ्नुपर्छ। त्यसअनुसार चल्नुपर्छ। कानून, संविधानमा भएका कतिपय व्यवस्था चित्त बुझ्दैन, या त त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ। जनताबाट चुनिएका मान्छेले कानून मान्दैन भने हुन्छ के?’

यस्तै, उनले संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको बताइन्।

मेयर बालेनले केही दिन अगाडि सिंहदरबारको फोहोर नउठाउने बताएका थिएभने आजमात्रै काठमाडौंको हितमा काम नगरे सिंहदरबार अन्यत्र पालिकामा सार्ने बताएका थिए।



प्रतिक्रिया दिनुहोस्