Logo

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पौडेल विजयी



काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फ कार्यसमिति सदस्यमा पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल विजयी भएका छन्।

पौडेलले १ हजार ३६३ मतसहित विजयी भएका हुन्। यसअघि पनि महासंघको केन्द्रीय सदस्यका रुपमा अनुभव बटुलिसकेका पौडेल फेरि सोही पदमा विजयी भएका हुन्।

एशोसिएटतर्फको उपाध्यक्षमा भने ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन्। जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।



प्रतिक्रिया दिनुहोस्