Logo

कोशी प्रदेश समन्वय परिषदले पायो पूर्णता



काठमाडौं,३० चैत । कोशी प्रदेश समन्वय परिषदले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघ,प्रदेश र स्थानीय तह(समन्वय तथा अन्र्तसम्वन्ध ऐन २०७७) बमोजिम प्रदेश समन्वय परिषदलाई पूर्णता दिएका हुन् ।
कार्कीले प्रदेश भित्रका विभिन्न पालिका प्रमुख,उपप्रमुख र जिल्ला समन्वय समिति प्रमुख लाई परिषद सदस्यमा मनोनित गरेका हुन् ।

परिषदमा प्रदेश आर्थीक मामिला मन्त्री,प्रदेश आन्तरिक मामिला मन्त्रीका अतिरिक्त १३ जना सदस्य मनोनित गर्नसक्ने व्यवस्था रहेको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषदमा पाथीभरा यांगवरक गाविस ताप्लेजुङका अध्यक्ष केशर कुमार सुब्बा, मिक्लाजुंग गाउँपालिका पाँचथरका उपाध्यक्ष अमरराज माखिम, इलाम नगरपालिकाका मेयर केदार थापा, दमक नगरपालिकाका मेयर राम थापालाई मनोनीत गरेका छन् ।

यस्तै, परिषद्को सदस्यमा विराटनगर महानगरका उप मेयर शिल्पा कार्की, इटहरी उपमहानगरका उप मेयर सङ्गीता चौधरी, छथर जोरपाटी गाउँपालिका धनकुटाका उपाध्यक्ष गीता खेवा, छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बु, धर्मदेवी नगरपालिकाका उप मेयर तारा महत परिषद्को सदस्यमा मनोनीत भएका छन् ।

यस्तै, षडानन्द नगरपालिका भोजपुरका प्रमुख सुरेन्द्र कुमार उदास, जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष गौरबहादुर विश्वकर्मा, केपीलास गढी गाउँपालिका खोटाङका उपाध्यक्ष गुरुराम राई , लिखु गाउँपालिका ओखलढुङ्गाका उपाध्यक्ष अस्मिता थापा र थुलुंग दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईलाई परिषदको सदस्यमा मनोनित गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्