Logo

सरकारले छिटो पूर्णता पाउन आवश्यक छ– प्रदीप पौडेल



काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले काम देखिने गरी सरकार अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) भृकुटी मण्डपमा जारी स्वदेशी जुत्ता चप्पल प्रदर्शनीको अवलोकन गर्नेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारप्रति आम मानिसहरुमा टिक्काटिप्पणी र निराशा रहेको भन्दै त्यसलाई चिर्नेगरी सरकार अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘सरकारले आक्रमक ढंगबाट काम देखाउने गरी, देखिने गरी सरकार अगाडि बढ्नुपर्छ । आमरुपमा मान्छेको टीकाटिप्पणी बढेको छ, निराशा बढेको छ । सरकारले काही गर्न सकेन भन्ने परेको छ । त्यसैले सरकारले छिटो पूर्णता पाउनु आवश्यक छ,’– उनले भने ।

सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस आन्तरिक छलफलमै रहेको उनले बताए । छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिएर फास्ट ट्रयाकमा काम गर्ने वातावरण बनाउन पर्ने उनले बताए ।

‘नेपाली कांग्रेसभित्र त्यसका निम्ती सहमति गर्न आन्तरिक छलफलमै छौं । सहमति नजुटिसकेको कारणले ढिला भएको हुनसक्छ । तर, कांग्रेसमा सहमति जुटेन भनेर ढिला हुने स्थिति हामीले निर्माण गर्न दिनहुन्न । छिटोभन्दा छिटो सरकारले पूर्णता पाउने र सरकारले पूर्णता पाइसकेपछि सबै मन्त्रालयहरु फास्ट ट्रयाकमा काम गर्ने स्थिति बन्छ,’– उनले भने । Photo By: Gopal Shrestha/Reporters Nepal

 



प्रतिक्रिया दिनुहोस्