Logo

पेरोल साहित्य प्रतिष्ठानको आयोजनामा हाइकु विशेष कार्यक्रम सम्पन्न



काठमाडौं, ३० चैत्र । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले साहित्यमा हाइकुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पेरोल साहित्य प्रतिष्ठान, नेपालको आयोजनामा काठमाडौंको थापागाउँमा आयोजित नव वर्ष २०८० को शुभकामना आदनप्रदान तथा हाइकु विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली साहित्यको विकासमा साहित्यकारले खेलेको भूमिकाको प्रशंसा गरे ।

प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली माटो सुहाँउदो बनाउँदै जानुपर्नेमा जोड दिए । नेपाली साहित्यमा हाइकु समृद्धि हुँदै गएको उनको भनाई छ ।

उक्त कार्यक्रममा वरिष्ठ अतिथि प्रा.डा रामकुमार पाँडेले हाइकु विश्व कविता भएकाले नेपाल लेखनमा उर्वर भूमि भएको बताए । साथै ५–७–५ को संरचनामा हाइकु लेखिनु नै नेपाली पर्दछ भन्ने धारणा पाँडेको थियो ।

यसैगरी, वरिष्ठ अतिथि प्रा.पुस्कार लोहनीले नेपालमा हाइकुको प्रवेशसँगै विकासको यात्रामा लागिरहेको बताए। उक्त कार्यक्रमा अतिथि प्राज्ञ चेतनाथ धमाला, गंगा लिगल, मोहन बहादुर कायस्थ, दील पौडेल, चन्द्रकला शाह र ललिता ‘दोषी’ लगायतले मन्तव्यसहित हाइकु वाचन गरेका थिए ।

वैरागी जेठाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले व्यानर पढेर गरेका थिए । पेरोल साहित्य प्रतिष्ठान अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन अन्जना पौडेलद्धारा भएको थियो । उक्त अवसरमा नयाँ वर्ष २०८० सालको शुभकामनासहित हाइकु वाचन गरिएको थियो ।

सानु शर्मा,उर्मिला पन्त, ललिता ‘दोषी’ अन्जना पौडेल, वैरागी जेठा, सुनिल पुरी, दील पौडेल, पुस्कर लोहनी, प्रा.डां रामकुमार पाँडे, प्रमुख अथितिलगायतले हाइकु वाचन गरेका थिए ।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष वी.के पाल्पालीले हाईकु साहित्यमा दिएको योगदानको बारेमा पनि उक्त कार्यक्रममा चर्चा भएको थियो । कार्यक्रम काव्य घर मिडिया प्रा.लिको सभा हलमा भएको उक्त कार्यक्रममा ढुण्डिराज पोखरेल, रामहरी सापकोटा, सुस्मिता वेलबासे, तारा खड्का, शान्त बस्नेत र फरक नेपाल डट.कमका अध्यक्ष महेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot