Logo

टोपबहादुर रायमाझीको चरित्र हत्या गर्न खोजिएको भन्दै एमाले अर्घाखाँचीको आपत्ति



काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) अर्घाखाँचीले टोपबहादुर रायमाझीको नाम जोडेर बदनाम गर्ने तरिकाले समाचारहरु आएको भन्दै आपत्ति जनाएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर उनीहरुबाट ठूलो पैसा असुली गरेको र अमेरिका पठाउन प्रलोभन दिएर पैसा असुल्ने गिरोहमा रायमाझीको संलग्नता रहेको भन्दै सञ्चार माध्यमहरुमा समाचार आएकोप्रति एमाले अर्घाखाँचीले आपत्ति जनाएको हो ।

उक्त समाचारहरु तथ्यहीन र गठबन्धनका मतियारहरुले उनको चरित्र हत्या गर्नका लागि रचेको प्रपञ्च भएको भन्दै एमाले अर्घाखाँचीले खण्डण गरेको छ ।

मिडियामा आएका आरोपहरुका विषयमा राज्यका तर्फबाट उचित छानविन गरी आरोप प्रमाणित भए कारवाही प्रक्रिया अघि बढाउन पनि माग गरिएको छ । यदि आरोप प्रमाणित नभएमा चरित्र हत्यामा संलग्नहरुलाई साइवर अपराधअन्तर्गत कारवाही गर्न पनि माग गरिएको छ ।
रायमाझी एमाले केन्द्रीय सचिव हुन् । उनी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्