काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आलोचना र व्यङ्ग्य गर्ने अधिकार लोकतन्त्रमा सबैलाई रहेको बताएका छन् ।
नयाँ वर्षको शुभकामना दिँदै उनले पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेतृ आरजु राणा बीचमा र दायाबाँया कांग्रेस महामन्त्रीद्वय शर्मा र गगन थापा भएको पोस्टर सेयर गरेका हुन् । उक्त पोस्टरमा ‘देवर बाबु’ नेपाली कथानक चलचित्र लेखिएको छ ।
‘व्यङ्ग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ । यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न । तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् । नववर्ष शुभकामना दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैव स्वागतको प्रतिबद्धता !’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।
आरजु राणाले नेपाली कांग्रेसको राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरेको आरोप लाग्ने गर्छ ।
व्यङ्ग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ l यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न l तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् !
नवबर्ष शुभकामना दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैब स्वागतको प्रतिबद्धता ! pic.twitter.com/1nmMqzir8y
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 13, 2023