काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीका नेता मधु अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
मकवानपुरमा स्थापित नेताका रुपमा परिचित अधिकारी एकवर्ष अघिमात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नेकपा एसमा प्रवेश गरेका थिए ।
स्थानीय तह निर्वाचनको मुखैमा राप्रपा छाडेर समाजवादीमा प्रवेश गरेका अधिकारीलाई समाजवादीले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा मनोनित गरेको थियो । तर अहिलेको अवस्थामा नेताहरु पदको लागि जो सँग पनि मिल्ने प्रवित्ति देखिएको भन्दै अधिकारीले पार्टी परित्याग गर्दै स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।