Logo

भारतबाट नेता भण्डारीले भने, ‘तपाईंहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ’



काठमाडौं, १ बैशाख । ग्यास लिक हुँदा आगोले जलेर घाइते भएका नेपाली कांग्रेसका सांसद् तथा नेता डा चन्द्र भण्डारीले तपाईंहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

फेसबुकमा भिडियो राखेर शुक्रबार नयाँ वर्षको शुभकामना दिँदै नेता भण्डारीले तपाईंहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको बताएका हुन्।

उनले भनेका छन्,‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन। तपाईंहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’

घाइते भएका भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि भारतको एक अस्पतालमा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot