Logo

नेकपा एसका मन्त्रीलाई नेता कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था



काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी कार्यालयमै नेता कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाएको छ ।

आज बसेको नेकपा एसको सचिवालयको बैठकले पार्टीका मन्त्रीहरुलाई भेट्ने व्यवस्था मिलाउँदै समय निर्धारण गरेको हो ।
आइतबार र बुधबार दिउँसो २ देखि ३ बजेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट्ने समय तोकिएको छ ।

यसअघि आजैबाट नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको सुरुआत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्