Logo

नेकपा (एस) ले मुकुन्द न्यौपानेको नाम अभिलेखबाट हटाउने



काठमाडौं, १ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले मुकुन्द न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको नेकपा (एस) को सचिवालय बैठकले पार्टी परित्याग गरेका न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको हो ।

‘उहाँ हाम्रो नेता हुनुहुन्थ्यो । उहाँलाई हामीले राजनीतिक रुपमा कही पनि प्रतिवाद गर्नुपर्छ भन्ने ठानेनौं । उहाँले यो पार्टी छोड्नु भएको छ । हामीले हाम्रो अभिलेखबाट उहाँको नाम हटाउने निर्णय गरेका छौं । उहाँको आरोप खण्डण गर्नका लागि लायक छैनन्,’– बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

न्यौपानेले पार्टीमा राखेको फरक मत पार्टीको भावनाको बर्खिलापमा भएको खतिवडाको दाबी छ । न्यौपाने नेकपा (एस)मा तेस्रो वरियताका नेता थिए । उनी नेकपा (एमाले) प्रवेशको तयारी छन् । उनी निकट स्रोतका अनुसार एमालेमा प्रवेश गर्नका लागि आन्तरिक छलफलमा छन् । औपचारिक घोषणा हुन बाँकी भएपनि उनले आफू निकट नेता तथा कार्यकर्तालाई एमालेमा समाहित हुन आग्रह गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्