Logo

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिँदापनि मन्त्रिपरिषद्ले भने अझैं पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्रीले अहिले छ वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । छ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीमा हुँदा मन्त्रालयको दैनिक काम कारबाही नै प्रभावित बनेको गुनासोसमेत आउन थालेको छ ।

सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा अझैं मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन दलका नेताहरुको बैठकले पनि भागबण्डालाई निष्कर्षमा पुर्याउन सकेन । उनीहरुबीच फेरि आज बेलुका छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धन दलका शीर्ष नेतासँग बेलुका छलफल गरेर भोलि (आइतबार) मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्