Logo

स्वर्गीय आमाको स्मृतिमा मन्त्री किराँतीले रोपे कपुर र बेल



काठमाडौं, २ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वर्गिए आमा रक्षकुमारी राईको स्मृतिमा वृक्षरोपण गरेका छन् ।

आज (शनिबार) पशुपति सरसफाई कार्यक्रममा सहभागी भएका मन्त्री किराँतीले कपुर र बेलको विरुवा रोपेर वृक्षरोपणको प्रारम्भ गरेका हुन् ।

साथै, प्रत्येक शनिबार पशुपति क्षेत्रमा पुगेर सरसफाई र वृक्षरोपणमा सहभागी हुनेसमेत उनले उद्घोष गरेका छन् । इच्छुक जो कोहीलाई पनि उनले कार्यक्रममा सहभागी हुनका लागि आग्रह गरेका छन् ।

‘पितृको देशमा जानुभएकी हाम्री आमा रक्ष कुमारी राईको स्मृतिमा कपुर र बेलको विरुवा रोपेर आज सातौं हप्ताको पशुपति सफाइ कार्यक्रमको प्रारम्भ गरियो । तपाईंहरु पनि कसैको सम्झनामा विरुवा रोप्न चाहनुहुन्छ भने यसै गरी रोप्न सक्नुहुनेछ । अर्को सनिबार फेरी भेटौला पशुपतिमा,’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्