Logo

प्रेमिकाको ‘बर्थडे’ : गला रेटेर हत्या



भारत । बेङ्गलोरमा एक प्रमीले आफ्नो प्रेमिकाको जन्मदिनको दिन हत्या गरेका छन्।

बेङ्गलोरमा प्रेमीले पहिला आफ्नी प्रेमिका जन्मदिन मनाएपछि चक्कुले गाला रेटेर हत्या गरेका हुन्।

प्रहरीका अनुसार २४ वर्षिय नव्या पछिल्लो ६ वर्षदेखि कनकपुर निवासी प्रशान्त नाम गरेका युवकसँग प्रेम रहेको थियो। नव्या प्रहरी विभागमा क्लर्क रहेकी थिइन्।

प्रेमी प्रशान्तलाई नव्या अर्कै केटासँग प्रेम रहेको शंका भएको र सो बारेमा उनीहरुबीच धेरै बिवाद पनि हुँदै आइरहेको थियो।

यसैबीच प्रशान्तले नव्यालाई जन्मदिनमा नै मार्ने योजना गरेका थिए।

त्यसका लागि प्रशान्तले नव्यालाई जन्मदिन मनाउन आफ्नो घर बोलाएर पहिला केक काटेर जन्मदिन मनाएको केहीछीन पछि चक्कुले घाँटी रेटर हत्या गरेका हुन्।

प्रशान्तलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्