Logo

रविजीको पार्टी मयुरको प्वाँख टाँसेको कौवा हो– महेश बस्नेत



काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गरेका छन् । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं मआधिवेशनको समीक्षका लागि रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले रास्वपा नक्कली राष्ट्रवाद बोकेको पार्टी भएको टिप्पणी गरेका हुन् ।

‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनताले नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन्,’– उनले भने ।

आगामी उपनिर्वाचनमा चितवन–२ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवारको जीत निश्चित रहेको उनको दाबी छ । उनकाअनुसर रास्वपा उम्मेदवार रवि लामिछानेले एमालेका र कांग्रेसका उम्मेदवारलाई पछ्याउँदै तेस्रो बन्ने दाबी गरेका छन् ।

‘त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनु हुन्छ । राजनीतिमा जनताले कौवाले जिताए भने फेरि जनतालाई सम्झाउनु पर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन् जस्तो मलाई लाग्दैन,’– बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्