Logo

नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस् : नेता कोइराला



काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउन आग्रह गरेका छन्।

शनिबार कांग्रेस मोरङले नयाँ वर्षका अवसर पार्दै विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउन आग्रह गरेका हुन्।

उनले भने, ‘तपाईंहरु आजैबाट नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्। श्रीलङ्का र नेपालको परिस्थिति र अवस्था बेग्लै छ। हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ। त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन। तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot