Logo

आइपीएल : दिल्लीको लगातार पाँचौ हार



काठमाडौं, २ बैशाख । इन्डियन प्रिमियर लिग(आइपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली क्यापिटल्सलाई हराएको छ।

शनिबार भएको खेलमा बेंग्लोरले दिल्लीलाई २३ रनले हराएको हो।

बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

यस सिजनको चौथो खेलमा दोस्रो जित हात पारेको बेंग्लोर अंक तालिकाको सातौं स्थानमा रहेको छ।

दिल्ली पाँचौ खेल खेलिसक्दा पनि अंकविहिन हुँदै तालिकाको पुछारमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्