Logo

हर्क साम्पाङले सांसदहरुलाई दिएको चेतावनीमा बालेनको समर्थन



काठमाडौं,३ वैशाख । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञलमा एक स्ट्याटस लेख्दै राईले भनेका छन्-‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ।  तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहितको  ।  ख्याल नठान्नु होला ।  यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।

राईको उक्त अभिव्यक्तिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्णरुपमा समर्थन रहेको जनाएका छन् ।

राईको स्ट्याटसमा शाहले लेखेका छन् पूर्ण समर्थन, गर्ने नै यही हो ।



प्रतिक्रिया दिनुहोस्