Logo

उद्योग वाणिज्य महासंघका पदाधिकारीको पदबहाली आज



काठमाडौं,३ वैशाख। देशैभरी रहेका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् ।

गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन्
महासंघको अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ,जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य,वस्तुगत उपाध्यक्ष हेमराज ढकाल,एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायतले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot