काठमाडौं,३ वैशाख । नेपालमा थप दुई व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कैलालीमा एक र चितवनमा एक व्यक्तिको मृत्यु भएको हो । कोरोना संक्रमणबाट कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
त्यस्तै चितवनमापनि आज एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।