Logo

सांसदलाई धरानमा निषेध गर्ने साम्पाङको घोषणा, बालेनले भने- ‘गर्ने नै यही हो’



काठमाडौं,३ वैशाख । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

आज (आईतबार) सामाजिक सञलमा स्ट्याटस लेख्दै राईले भनेका छन्– ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ।  तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहितको  ।  ख्याल नठान्नु होला ।  यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।’

राईको उक्त अभिव्यक्तिलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पूर्णरुपमा समर्थन जनाएका छन् ।

साम्पाङको स्ट्याटसमा शाहले लेखेका छन्– ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’ File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot