Logo

अध्यक्ष ढकालद्धारा पदभार ग्रहण,यी हुन पाँच प्रतिवद्धता



काठमाडौं,३ चैत । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी हरुले पदभार ग्रहण गरेका छन् ।
चैत २९ र ३० गते काठमाडौंमा सम्पन्न महासंघको ५७औ वार्षीक साधरणसभाबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ,एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ,जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्ष हेमराज ढकाल तथा निर्वाचित कार्यसमिति सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकाल स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ यसै विधानको व्यवस्था अनुरुप अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल यो कार्यकालबाट महासंघको स्वतः २०औं अध्यक्ष बनेका छन् ।

नवनिर्वाचित अध्यक्ष ढकालले पदभार ग्रहण गर्दे आफ्नो कार्यकालमा गर्ने महत्वपूर्ण पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

जसअनुसार पहिलो वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउने, तेस्रो राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा पाँचौं व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot