Logo

‘जारी’ का निर्माताले गराए ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता



काठमाडौं, ३ वैशाख । अहिले प्रदर्शनमा रहेको ‘जारी’ फिल्मका निर्माताले ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् ।

जारीका निर्माता मणिराम पोखरेलले हलमा फिल्म खिचेर विभिन्न सामाजिक सञ्जालले भिडियो अपलोड गरेको भन्दै उजुरी दिएका हुन् । उनले पाइरेसीबाट निर्मातालाई पर्न गएको आर्थिक घाटाको क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् ।

उनले आज (आइतबार) नेपाल प्रहरीको साइबर व्युरोमा फेसबुक, युट्युव, टिकटक र इन्ट्राग्राम लगायतका ३२ वटा सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् । निकै आक्रमक रुपमा प्रदर्शनमा आइरहेको जारी फिल्मको भिडियो क्लीपहरु अहिले सामाजिक सञ्जालमा जताततै देख्न पाइन्छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्