Logo

कांग्रेस सांसद खतिवडाको आग्रह– ‘केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस्’



काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नेपालको आर्थिक संकट टार्न चीनमा बाँदर निकासी गर्न आग्रह गरेका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले केही बाँदर चीनलाई बेच्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

‘मैले एउटा समाचार पढेको थिए, श्रीलङ्काले बाँदरलाई चीनतिर निकासी गरेछ । बेचेछ । हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस्,’– सांसद खतिवडाले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्