Logo

एकीकृत समाजवादीबाट नन्दा राज्यमन्त्री बन्दै, आजै शपथ



काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी)बाट नन्दा चपाईँ राज्यमन्त्री बन्ने भएकी छिन्।

राष्ट्रिय सभा सदस्य चपाईं भौतिक, पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्ने भएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि आइतबार ३ बजे कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्रीको शपथ खुवाउने तयारी गरेको थिए।

साउदसँगै चपाईँलाई राखेर प्रधानमन्त्री दाहालले आज नै आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्