Logo

थपिए ९९ जना कोरोनाका नयाँ संक्रमित



काठमाडौं,३ वैशाख । नेपालमा पछिल्लो २४ घन्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार ६ सय चार जनामा गरिएको परिक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३७७ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४जना संक्रमित भेन्टिलेटरमा रहेका छन भने संस्थागत आइसोलेसनमा ३७ जना र ११ जना आईसीयुमा रहेका छन् ।

त्यस्तै आज थप ५० जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot