Logo

७० वर्षीय वृद्धको विहे हेर्न गमगढीमा भिड



काठमाडौं,३ वैशाख । मुगुमा एक वृद्धले आफुभन्दा २८ वर्ष कान्छी युवतीसँग अदालती विवाह (कोर्ट म्यारिज)गरेका छन् ।

सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्लेले खत्याड गाँउपालिका–४ जिउ गाँउकी ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो ।

काफ्ले र रोकायबीच २८ वर्षको अन्तर रहेको छ ।आफूहरुबीच उमेरमा २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताईन।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए ।

काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाको गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो । दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए । सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्