Logo

मन्त्री किराँतीको निर्णयः नेपालमै पाइलट उत्पादन



काठमाडौं, ३ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई स्कूलहरुलाई इजाजत प्रदान गरेको छ ।
आज (आईतबार) मन्त्रालयले श्री शुभम एभिएसन प्रा.लि र श्री चन्द्र सूर्य एभिएसन प्रा.लि. इजाजत दिएको हो ।

‘कार्यविधिमा आवश्यक संसोधन गर्दै नेपालमै पाइलट उत्पादन गर्ने उदेश्यले फ्लाईङ स्कूल खोल्न वर्षौंदेखि मन्त्रालयमा रोकिएका निम्न स्कूलहरुलाई इजाजत प्रदान गरियो ।
१.श्री शुभम एभिएसन प्रा.लि
२.श्री चन्द्र सूर्य एभिएसन प्रा.लि.
प्रक्रिया पुरागरी आउने संस्थालाई नियमानुसार इजाजत प्रदान गरिने छ,’– मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्