Logo

बारा-२ मा उपेन्द्रलाई जिताउन गठवन्धनका पाँच युवाले अभियान चलाउने



काठमाडौं,३ वैशाख । वैशाख १० मा हुने बारा-२ को उपनिर्वाचनमा सत्तारुढदलका साझा उम्मेदवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन गठवन्धनमा आवद्ध पाँच दलका युवा संगठनले संयुक्त रुपमा अभियान चलाउने भएका छन् ।

समाजवादी युवा संघ नेपालका सुजित पाण्डे, वाइसीएल नेपालका शुभनारायण पटेल, लोकतान्त्रिक युवा संघका अध्यक्ष साबिर आलम, तरुण दल नेपालका दिपेन्द्र पटेल र युवा संघ नेपालका आर.के भटराईले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर गठबन्धनका उम्मेदवार यादवलाई जिताउन अभियान चलाउने निर्णय गरेको बताएका छन् ।

यस्तै,बाराको गढीमाईमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने भएको छ । उक्त सभा सफल बनाउन सम्पुर्ण युवा परिचालन गर्ने निर्णय पनि भएको समाजवादी युवा संघ नेपालका प्रतिनिधि सुजित पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot