काठमाडौं, ३ बैशाख । बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।
राष्ट्रपति पौडेलले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्।
राष्ट्रिय सुरक्षा परिषद्को निर्णय र प्रधानमन्त्री दाहालले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको सचिवालयले जनाएको हो।
बैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ-१मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।