Logo

रास्वपाको कारवाहीविरुद्ध ढाकाकुमार पुनरावेदनमा



काठमाडौं, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले पुनरावेदन गरेका छन्।

रास्वपाले गरेको कारवाहीकाविरुद्ध उनी सोही पार्टीको पुनरावेदन समितिमा गएका हु्न्।

उनले पार्टीले आफूलाई गरेको कारवाहीमा सफाईका लागि पुनरावेदन गरेका हुन्।

रास्वपाले श्रेष्ठलाई व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि पैसा मागेको अडियो पुष्टी भएको भन्दै समानुपातिक सांसद्सहित पार्टीको साधारण सदस्यताबाट पनि खारेज गरेको थियो।

रास्वपा पुनरावेदन समितिमा विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहोरा रहेका छन्।

पार्टीको निर्णयले कारवाही गरेको पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले सांसद श्रेष्ठलाई सो निर्णय चित्त नबुझे पार्टीमै पुनरावेदन दिन सकिने बताएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot